यो हो परमाणु बमले पनि क्षति नपुर्याउने विश्वकै सुरक्षित घर

यो हो परमाणु बमले पनि क्षति नपुर्याउने विश्वकै सुरक्षित घर


एजेन्सी – आफ्नो घर सुरक्षित होस् भन्ने सबैको चाहना हुन्छ । यसैले जब हामी घर किन्छौ वा बनाउछौ त्यो बेलमा हामीले बिचार पु¥याउने विषय भनेको सुरक्षा प्रणाली हो । आज हामी यस्तो घरको बारेमा बताउँदै जसलाई विश्वकै सुरक्षित घर मानिएको छ । यो घर यती सुरक्षित छ कि यसलाई परमाणु बमले पनि असर पु¥याउन सक्दैन ।

पोल्यान्डको राजधानी वार्सामा बस्ने एक व्यक्तिले यस्तो घर बनाउने बारेमा सोचका थिए । जुन अत्यन्त सुरक्षित भएको छ । यसका लागि उनले पोल्यान्डको परिचित आर्किटेक्चर फर्म केडब्लूके प्रोम्ससँग सम्पर्क गरेका छन् र उनलाई अधिक सुरक्षित घर आवश्यक भएको बताएका छन् । यसपछि कम्पनीले जुन घर बनायो, यसले सबैलाई अचम्मित पारेको छ ।

केडब्लूके प्रोम्सले यो घर बनाउने विषयलाई चुनौतीको रुपम लियो र आफ्ना ग्राहकले चाहे भन्दा पनि बढी सुरक्षा भएको बनाइदियो । मीडिया रिपोर्टका अनुसार यो घरलाई विश्वकै सर्वा्धिक सुरक्षित घर हो । यो घरको सर्वा्धिक विशेषता भनेको एक बटन थिच्दानै यो घर तलमाथि–अगाडि–पछाडि सबैतिर कंक्रिटको पर्खालले बन्द हुन्छ ।

जब यो घर एक पटक बन्द हुन्छ, लाखौ कोशिशपछि पनि यो घरमा कोही पस्न पाउदैनन् । यो घरमा प्रवेशका लागि केबल दोस्रो तलामा बनेको पुलको प्रयोग गर्नुपर्ने हुन्छ । त्यो पनि यदी घर मालिकले चाहेको अवस्थामा मात्रै हुन्छ । यो घर बनाउने कम्पनीका अनुसार यो मजबुत तथा सुरक्षित घरको भित्रको व्यवस्था पनि अति सुन्दर छ । घरको बाहिर स्वीमिङ पुल पनि छ । यद्यपि यो स्वीमिङ पुललाई ढाकिएको भने छैन ।

कंक्रिटका अतिरिक्त मेटल सटरले यो घरलाई थप सुरक्षा प्रदान गर्छ । कम्पनीका अनुसार जब यो घर एक पटक पुरैै किसिमबाट बन्द भएपछि यसलाई परमाणु बलमे पनि असर गर्र्न सक्दैन ।