– ईश्वर पोखरेल, आज नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीका बीचमा हामीले अवलम्वन गरेका विचारधारा, हाम्रा अभ्यासहरु र यस क्रममा विकसित नयाँ सिद्धान्तका बारेमा छलफल गर्ने उद्देश्यले केन्द्रीय पार्टी स्कूल विभागको आयोजना र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको विशेष आतिथ्यतामा कार्यक्रम आयोजना गरेका छौं ।
दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रमको पहिलो दिन – यो उद्घाटन सत्रमा हामी विचारहरुको आदान–प्रदान गर्नेछौ । यसपछि विषयगत सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीको विचार, सिद्धान्त र त्यहाँको अभ्यासबाट विकसित भएको सी जिनपिङ विचारधाराका बारेमा सुन्नेछौं र छलफल गर्नेछौं । अनुभव साटासाटको यस आयोजनाले पक्कै पनि दुवै देशका जनता र पार्टीहरु लाभान्वित हुने हामीले विश्वास लिएका छौ ।
करिब पाँच हजार बर्ष पुरानो सभ्यता रहेको चीनलाई, अहिलेको एक्काइसौं शताव्दीको विश्व समुदायले संसारको पहिलो जनसंख्या, दोस्रो अर्थतन्त्र, सन् १९७८ मा आन्तरिकरुपमा सुधार र वाहृयरुपमा खुल्लापनको नीति अवलम्वन गरिएपछि तीस बर्षसम्म निरन्तर दोहोरो अंकको आर्थिक वृद्धिसहित तीव्र र चामत्कारिक विकास गर्दै आएको देश, संसारको सवैभन्दा ठूलो क्षमताका उद्योगहरुको देश, विश्वको दोस्रो निर्यातकर्ता देश, अन्र्तराष्ट्रिय व्यापार क्षेत्रमा धेरै देशहरुसँग व्यापार गर्ने देश र विश्वकै सवैभन्दा धेरै वैदेशिक मुद्रा संञ्चित रहेको देशका रुपमा हामी चीनलाई बुझ्दछौं ।
चीनले विश्व समुदायबीच आर्थिक र राजनीतिक क्षेत्रमा जुन छवि निर्माण गरेको छ र आफ्ना नागरिकहरुलाई जुन सेवा र सुविधा प्रदान गरिरहेको छ, त्यसका पछाडि चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण योगदान र नेतृत्वदायी भूमिका रहेको छ ।
मार्क्सवाद–लेनिनवादको सैद्धान्तिक र वैचारिक धरातलमा सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएपछि यो पार्टीको नेतृत्वमा घरेलु सामन्तवाद र वाह्य साम्राज्यवाद तथा उपनिवेशवादका विरुद्ध संघर्ष गर्दै सन् १९४९ अक्टोवर १ मा जनवादी गणतन्त्र चीन स्थापित भयो । माओत्सेतुङ्गको नेतृत्वमा पार्टीले आम चिनियाँ जनतामा देशभक्तिको भावना एवम् देशलाई समृद्ध राष्ट्रका रुपमा स्थापित गर्ने संस्कार र संकल्प प्रदान गर्यो । जनवादी गणतन्त्र चीनले पहिलो कालखण्ड – सन् १९४९ देखि १९७६ सम्म९ समाजवादी रुपान्तरण अभियान अगाडि बढायो । दोस्रो कालखण्ड सन् १९७८ देखि १९८९ सम्म देङ् स्याओ पिङ्को नेतृत्वमा आन्तरिक रुपमा सुधार र बाहृय रुपमा खुल्लापन सहितको शासन व्यवस्था अवलम्वन गरियो । त्यही अवधिमा चिनियाँ विशेषता सहितको समाजवाद विकासको काम गरियो । त्यस क्रममा ‘एक देश दुई शासन प्रणाली’को नीति र बजार केन्द्रित समाजवादी अर्थतन्त्र अवलम्वन गरियो । फलस्वरुप चीन लगानी र व्यापारका माध्यमबाट विश्व समुदायसँग जोडियो । सन् १९६६ देखि १९७६ सम्म चलेको साँस्कृतिक क्रान्तिका कारण कमजोर बन्न पुगेको चीनले घरेलु श्रम, स्रोत, साधन र बाहय लगानीको माध्यमबाट आर्थिक रुपमा तंग्रिने अवसर प्राप्त गर्यो । कृषियोग्य जमीनहरु स्थानीय सरकारमार्फत किसानहरुलाई निश्चित मापदण्ड र सम्झौताका आधारमा उपयोग गर्न सक्ने नीति अख्तियार गर्यो । निजी क्षेत्रले पनि औद्योगिक र वित्तीय गतिविधि गर्नसक्ने नीति लागू गर्यो । त्यसैले यो समय चीनको आर्थिक विकासको दृष्टिले उल्लेखनीय समयका रुपमा उल्लेख गर्न सकिन्छ ।
यही नीति र विचारलाई आत्मसात गर्दै सन् १९८९ देखि २००२ सम्म तेस्रो पुस्ताको रुपमा जियाङ जमीन र झु रोङझीको नेतृत्वमा र २००२ देखि २०१२ सम्म हु जिन्ताओ र बेन जियाओ वाउको नेतृत्वमा चीन राजनीतिक र आर्थिकरुपमा नयाँ नयाँ फड्को मार्दै अघि बढ्न सफल भयो ।
सन् २०१३ देखि हालसम्म विशाल चीनको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले गरिरहनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको पाँचौ पुस्ताका रुपमा राष्ट्रपति सीकोे नेतृत्वमा चीनको विकासका क्षेत्रमा नयाँ आयामहरु मात्र देखिएका छैनन, चिनियाँ कम्युनिष्ट पार्टीले वैचारिक क्षेत्रमा पनि नयाँ विचारधारा विकसित गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको सन् २०१७ अक्टोवर १८ देखि २४ सम्म बेइजिङमा सम्पन्न १९ औँ अधिवेशनदेखि चीनमा सी जिनपिङ् विचारधाराका रुपमा नयाँ युगका निम्ति चिनियाँ विशेषतासहितको समाजवाद विचारधारा विकास भएको छ । सी जिनपीङ्को यस विचारधाराले दुई बर्षमै विश्वको प्राज्ञिक जगत, कम्युनिष्ट पार्टी र यसका नेता, कार्यकर्तावीच गहन बहस र छलफल सिर्जना गरेको छ ।
मार्क्सवादको वैचारिक धरातलमा, नयाँ शताव्दीमा नयाँ विचारका रुपमा आएको सी जिनपिङ् विचारले सन् २०३५ सम्म चीनलाई विकसित देश र जनवादी गणतन्त्र स्थापनाको एक शताव्दी ९सन् २०५०० सम्ममा चीनलाई विश्वव्यापी प्रभाव सहितको गरिवीमुक्त र सामरिक क्षमतामा विश्वमै प्रभाव राख्न सक्ने देशका रुपमा स्थापित गर्ने संकल्प गरेको छ । सी जिनपिङको यो विचारले आर्थिक राजनीतिकलगायतका क्षेत्रमा व्यापक सुधार र बाह्यरुपमा खुल्लापनको नीतिमा जोड दिदैँ निरन्तर अगाडि वढ्ने उद्घोष गरेको छ । यो विचारले विधिको शासन, समाजवादी मूल्यसहितको सभ्य र सु९संस्कृत चीन, १ अर्ब ४० करोड चिनियाँ जनताको गुणस्तरीय शिक्षा, स्वास्थ्यकोे सुनिश्चितता र जनजीविकाको ग्यारेन्टीलाई पहिलो प्राथमिकतामा राखेको छ ।
भ्रष्ट्राचार विरुद्धको अभियानमा कठोर नीतिलाई आत्मसात गरेको यो विचारले एक देश–दुई राजनीतिक–आर्थिक प्रणाली, विश्व शान्ति, छिमेकी देशहरुलाई पहिलो प्राथमिकतामा राख्ने र विकासन्मुख देशहरुसँग विकासमा सहकार्य गर्ने महत्वपूर्ण नीतिलाई अगाडि सारेको छ । यो विचारले राजनीतिक क्षेत्रमा भन्दा दीर्घकालीन आर्थिक विकास र सुशासनका पक्षहरु र विश्व समुदायसँगको आर्थिक साझेदारीको नीतिलाई बढी जोड दिएको छ भन्ने हामी नेपाली कम्युनिष्टहरुको बुझाइ रहेको छ ।
चीनको संशोधित संविधानको प्रस्तावनामै समेटिएको यस नयाँ विचारले समाजवादी बजार अर्थतन्त्र, समाजवादी प्रजातन्त्र, विधिको शासनजस्ता पक्षहरुलाई समेट्नुका साथै उद्योग, कृषि, राष्ट्रिय सुरक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा व्यापक सुधारमार्फत सद्भावपूर्ण, सुन्दर, समृद्ध र आधुनिक समाजवादी देशका रुपमा चीनलाई अगाडि वढाउने सोच राखेको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा अघि सार्नुभएको ‘वेल्ट एण्ड रोड इनिसियटिभ्स्’ अहिले विश्वकै ठूलो परियोजनाका रुपमा चर्चित छ । विश्वका ६५ भन्दा वढी देशहरुले सहभागिता जनाइसकेको यो अभियानमा नेपाल २०१७ मे १२ मा विधिवतरुपमा सहभागी भयो । संयुक्त राष्टसंघको वडापत्र, पञ्चशीलको सिद्धान्त, समावेशीता र सद्भावपूर्ण समाज, साझा चासो र हितका सिद्धान्तबाट निर्देशित यो अभियानले सहकार्य, समन्वय, हस्तक्षेपरहित वस्तु तथा व्यापारको प्रवाह, कनेक्टिभिटी, वित्तीय स्थायित्व र साझेदारी, जनता९जनताबीचको सम्बन्ध र पूर्वाधारहरुको निर्माणलाई प्राथमिकता दिदै आएको छ ।
सन् २०१९ अप्रिलमा बेइजिङ्मा भएको दोस्रो वीआरआई फोरमबाट यो अभियानले आर्थिक र वातावरणीय पक्षलाई समेट्दै हिमालयन सीमापार बहुआयामिक कनेक्टिभिटीको अवधारणा पनि अगाडि बढाएको छ । यो इनिसियटिभ्सलाई चीनको मात्र नभएर विश्व समुदाय र मानवजातीको हितमा आएको एक नयाँ अवधारणाका रुपमा हामीले बुझेका छौं । यसले राष्ट्रपति सीको बौद्धिकता, सैद्धान्तिक९वैचारिक व्यक्तित्व र दूरदर्शितालाई प्रतिविम्वित गर्दछ ।
हामी नेपाल र चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीहरु, नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच आ९आफ्नो इतिहास, अवलम्वन गरेको सैद्धान्तिक र वैचारिक पक्ष, आर्थिक९सामाजिक, राजनीतिक र भौगोलिक परिवेशमा विकास गरिएको मार्क्सवादको नयाँ प्रयोग र अभ्यासका अनुभवलाई यस कार्यक्रममार्फत एक–अर्काबीच आदान९प्रदान गर्ने प्रयास गरिरहेका छौं ।
म यहाँ नेपालमा अभ्यास र विकास गरिएका कम्युनिष्ट आन्दोलनसित सम्बन्धित केही राजनीतिक–सांगठनिक कुरा राख्नु सान्दर्भिक ठान्दछु ।
‘कम्युनिष्ट घोषणा पत्र’ जारी भएको १०१ बर्षपछि, सोभियत रुसमा क्रान्ति सफल भएको ३० बर्षपछि र चीनमा जनवादी गणतन्त्र स्थापना भएकै बर्ष अर्थात् सन् १९४९, २२ अप्रिल ९२००६ बैशाख १० गते० मा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । चीनमा अहिले जनवादी गणतन्त्र स्थापनाको ७० औँ बर्ष पुगेको छ भने नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७० बर्ष पुगेको छ । यस अवधिमा नेपालको कम्युनिष्ट आन्दोलन कहिले फुट्दै र कहिले जुट्दै अगाडि बढिरहेको छ ।
अहिले नेपालमा कम्युनिष्ट पार्टीहरु विभाजनभन्दा एकीकरणको दिशामा अगाडि वढिरहेका छन् । सन् २०१८ मे १७ मा नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी बन्नु यसको पछिल्लो ऐतिहासिक उदाहरण हो ।
यसरी फरक–फरक राजनीतिक पृष्ठभूमि भएका र फरक गतिविधि गर्दै अघि बढेका दुई पार्टीहरु बीचको एकीकरणले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण आयाम थपेको छ । यो नेपाली कम्युनिष्ट आन्दोेलनको महत्वपूर्ण उपलब्धि मात्र नभएर हाम्रो यो एकीकरण विश्व कम्युनिष्ट आन्दोलनका लागि पनि सकारात्मक उदाहरण बन्न सक्छ ।
नेपालको कम्युनिष्ट आन्दोलन आफ्नै विशिष्टता र मौलिकतामा आधारित हुँदै अगाडि बढिरहेको छ । आज नेपालका दुईवटा ठूला कम्युनिष्ट पार्टीहरु एकीकृत भई नयाँ पार्टीको घोषणा तिनै मौलिकता र विशिष्टतामा आधारित हुँदै अगाडि बढ्ने कुराको संयुक्त अठोट वा संकल्प पनि हो । पूर्व नेकपा ९एमाले० ले जननेता मदन भण्डारीको अगुवाइमा मार्क्सवाद–लेनिनवादलाई नेपालको विशिष्टतामा लागु गर्दा विकसित गरेको विचारका रुपमा जनताको बहुदलीय जनवादलाई अघि बढायो । पूर्वनेकपा (माओवादी केन्द्र) ले पनि परिवर्तित सन्दर्भमा अगाडि बढ्ने अठोटका साथ आफूलाई ‘एक्काइसौं शताब्दीमा जनवादको विकास’को अवधारणाबाट अघि बढाएको थियो । आज एकीकृत नयाँ पार्टी – नेपाल कम्युनिष्ट पार्टी – संविधानको सर्वोच्चता, विधिको शासन, आवधिक निर्वाचन, शक्ति पृथकिकरणको सिद्धान्त, प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने विधि, बहुमतको सरकार र अल्पमतको विपक्ष, बहुलवादी खुला समाज र मानव अधिकारको रक्षा, लोकतन्त्रका विश्वव्यापी मान्यताहरुप्रति प्रतिबद्धतालाई निरन्तरता दिएको छ । अहिले यो पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म यिनै मान्यताका आधारमा वैचारिक र सांगठानिक एकता प्रक्रियासमेत अन्तिम चरणमा पुगेको छ ।
विगत लामो अवधिमा नेपाली कम्युनिष्ट आन्दोलनले बलिदानी संघर्षका माध्यमबाट राजनीतिक व्यवस्था परिवर्तनदेखि राष्ट्रियता र जनजीविकाको पक्षमा गौरवमय इतिहास निर्माण गरेको छ । हाम्रो अनवरत संघर्ष र बलिदानको जगमा सन् २०१५ मा निर्माण भएको संविधानमा यो यथार्थ मुखरित भएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनले विगत लामो समय राजनीतिक अधिकार प्राप्ति र शासन व्यवस्था परिवर्तनको लागि व्यतीत गर्यो । यसर्थ, विगतको हाम्रो स्कूलिङ पनि राजनीतिक अधिकारको प्राप्तितर्फ नै केन्द्रित थियो । अहिले हामीले राजनीतिक अधिकारको लडाईमा सफलता हासिल गरेका छौं । अव हाम्रो सिङ्गो ध्यान मुलुकको समाजवाद उन्मुख आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ मोडिएको छ । अब हाम्रो स्कुलिङ पनि आर्थिक विकास र समृद्धितर्फ नै केन्द्रित हुनेछ ।
नेपालमा नयाँ संविधान निर्माण भएपछि सम्पन्न भएका संघीय, प्रादेशिक र स्थानीय निर्वाचनहरुमा प्रतिस्पर्धामा श्रेष्ठता हासील गर्दै कम्युनिष्ट पार्टी सत्तारुढ पार्टीका रुपमा स्थापित भएको छ । यो पार्टीले संघीय संसदको तल्लो सदनमा रहेको २७५ सीटमा १७४ सीट हासिल गरी बलियो सरकार निर्माण गरेको छ । राष्ट्रिय सभाका ५९ सीटमा ४२ सीट हासिल गरेको छ । ७ वटा प्रदेशहरुमध्ये ६ वटामा दुई तिहाई सहितको सरकार संचालन गरिरहेको छ । प्रदेश नं २ को प्रादेशिक संसदमा पनि नेपाल कम्युनिष्ट पार्टी सबभन्दा ठूलो पार्टीको रुपमा रहेको छ । नेपालमा रहेका ७५३ वटा स्थानीय सरकारहरुमा नेपाल कम्युनिष्ट पार्टीले ४०० भन्दा वढी संख्यामा स्थानीय सरकार सञ्चालन गरिरहेको छ । अहिले हाम्रो सिङगो ध्यान राष्ट्रिय संकल्पका रुपमा अघि सारिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारामार्फत समृद्धि हासिल गर्ने कुरामा केन्द्रित छ ।
यो कार्यक्रममा हामी नेपाल र चीनका दुई सत्तासीन कम्युनिष्ट पार्टीका सिद्धान्त, विचार र प्रयोगहरुको बारेमा आ–आफ्नै अनुभवहरु साटिरहेका छौं । यस कार्यक्रमलाई हामीले एक अर्काका विचार, सिद्धान्त र प्रयोगहरुलाई वुझ्ने महत्वपूर्ण अवसरका रुपमा लिएका छौं । माक्र्सवाद-लेनिनवादको सैद्धान्तिक जग र फरक फरक आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक विशिष्टताको आधारमा हाम्रा प्रयोग र अभ्यासमा केही भिन्नता देखिए पनि हाम्रो पुग्ने गन्तव्य भने एउटै रहेको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनले विगत लामो समय राजनीतिक अधिकार प्राप्ति र शासन व्यवस्था परिवर्तनको लागि व्यतीत गर्यो । यसर्थ, विगतको हाम्रो स्कूलिङ पनि राजनीतिक अधिकारको प्राप्तितर्फ नै केन्द्रित थियो । अहिले हामीले राजनीतिक अधिकारको लडाईमा सफलता हासिल गरेका छौं । अव हाम्रो सिङ्गो ध्यान मुलुकको समाजवाद उन्मुख आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ मोडिएको छ । अब हाम्रो स्कुलिङ पनि आर्थिक विकास र समृद्धितर्फ नै केन्द्रित हुनेछ । यसका लागि पार्टी स्कुलका स्थायी संरचनाहरुको निर्माण, मुलुकको बदलिंदो सन्दर्भ अनुसार पार्टीका नीति र कार्यक्रमको आधारमा पाठयक्रमहरु र सिकाईका विधिहरु पनि परिवर्तित हुने छन् ।
हाम्रा दुई पार्टीका केन्द्रीय पार्टी स्कुलहरुमा प्रयोग गरिने पाठयक्रमहरुको तयारी र अध्यापन विधिका बारेमा आपसी अनुभवहरुको आदान-प्रदान गरिनु आवश्यक छ । हाम्रो पार्टीका प्रशिक्षकहरु लगायत पार्टीका नेता कार्यकर्ताहरुको द्वीपक्षीय अध्ययन भ्रमणमार्फत नेता कार्यकर्ताकै तहमा पनि आपसी अनुभवहरु आदान९प्रदान गर्ने अवसरहरुको सिर्जना गर्नेर्तर्फ हाम्रो ध्यान केन्द्रित गर्नु आवश्यक छ ।
खासगरी, जनवादी गणतन्त्र चीन स्थापना भएपछि चीनले हासिल गरेको तीब्र आर्थिक विकास र चिनियाँ कम्युनिष्ट पार्टीले तय गरेका पार्टी स्कुलका पाठ्यक्रमहरु र प्रशिक्षण विधि नेपालको समृद्धिको यात्रामा र हाम्रो पार्टी स्कुलको पाठ्यक्रम निर्माणमा पनि सहयोगी हुनेछन् ।
(सोमबार काठमाडौंमा आयोजित नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको वैचारिक अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय पार्टी स्कूल विभाग प्रमुख ईश्वर पोखरेलद्वारा व्यक्त शुभारम्भ मन्तव्यको सम्पादित अंश)
प्रतिक्रिया