शक्तिशाली बन्दै सी जिनपिङ, किन हुदैछ भारत चिन्तीत ?

शक्तिशाली बन्दै सी जिनपिङ, किन हुदैछ भारत चिन्तीत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –   चीनले आफ्नो आर्थिक विकास र सामुद्रिक नीतिको जुन एजेन्डा तयार गरेको छ, त्यसका आधारमा यस्तो लाग्छ कि हिन्द महासागरमा उसको प्रभाव अझै बढ्नेछ । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको महत्वपूर्ण सम्मेलन बुधबार सुरु भएको छ ।

 

 

 

 

यही सम्मेलनबाट आगामी पाँच वर्षका लागि देशको बागडोर कसको हातमा रहनेछ र उसको नीति के हुनेछ भन्ने घोषणा पनि गरिनेछ । यस्तो मानिँदै छ कि आगामी साता यस सम्मेलनको अन्त्यमा पार्टीको पोलिटब्युरोको पनि घोषणा गरिनेछ ।

 

 

 

 

यस समितिमा देश चलाउनेवाला नीतिनिर्माता सहभागी हुनेछन् । आशा गरिँदै छ कि वर्तमान राष्ट्रपति सी जिनपिङ नै देशका नेता बनिरहनेछन् र उनका राजनीतिक सिद्धान्तलाई पार्टीको चार्टरमा सामेल गरिनेछ । यससँगै उनी माओ त्से तुङ र देङ सियाओ पिङजस्ता पूर्व नेताको समकक्ष बन्न सफल हुनेछन् ।

 

 

 

आफ्नो सुरुवाती भाषणमा चीनका राष्ट्रपति सी जिनपिङले बितेका पाँच वर्षका उपलब्धिको चर्चा गरे । र, उनले आफ्नो भाषणमा आगामी पाँच वर्षका योजनाबारे बताए । बैठकमा यसमाथि बहस हुनेछ । यस सम्मेलनमा २२ सय ८७ प्रतिनिधिले भाग लिइरहेका छन् । यी सबै मिलेर एउटा केन्द्रीय समिति चुन्नेछन् ।

 

 

 

 

केन्द्रीय समितिबाट २५ सदस्यीय पोलिटब्युरो बनाइनेछ । यस पोलिटब्युरोबाट सातजनाको स्ट्यान्डिङ कमिटी बन्नेछ, जसलाई चीनको एउटा अत्यन्त शक्तिशाली संस्था मान्ने गरिन्छ ।

 

 

 

यस समयमा चीनको रणनीतिक ध्यान ०२१ माथि केन्द्रित छ । ०२१ मा कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको सय वर्ष पूरा गरिरहेको छ । त्यतिखेरसम्म पार्टी समृद्ध नारामाथि जोड दिइरहनेछ । सन् ०४९ मा पिपल्स रिपब्लिक अफ चाइनाको सय वर्ष पूरा हुनेवाला छ । सो समयसम्ममा चीन आधुनिक समाजवादी राष्ट्रको लक्ष्य हासिल गर्न चाहन्छ ।

 

भारतमाथि पर्ने प्रभाव

तत्काल यो भन्न कठिन छ कि सी जिनपिङ पुनः सत्तामा आएको अवस्थामा यसको सीधा असर पर्नेवाला छ । तर, चीनले आफ्नो आर्थिक विकास र सामुद्रिक नीतिको जुन एजेन्डा तयार गरेको छ, त्यसका आधारमा यस्तो लाग्छ कि हिन्द महासागरमा उसको प्रभाव अझै बढ्नेछ ।

 

 

चीनको आपूर्ति लाइन हिन्द महासागरको बाटो हुँदै आउने गर्छ, चाहे उसको व्यापार होस्, कच्चा तेल होस् या कच्चा सामग्री नै किन नहोस् । यसैले भारत र चीनबीच हिन्द महासागर एउटा मुद्दा बन्न गइरहेको छ । यस विषयमा दुवै देशबीच कुराकानी पनि भएको छ ।

 

 

 

 

भारतको भनाइ छ कि हिन्द महासागरमा चिनियाँ नौसेनाको उपस्थिति बढ्दै गयो भने यो उपस्थिति भारतीय हितविपरीत हुनेछैन भन्ने ग्यारेन्टी हुनुपर्छ ।

 

भारतको चिन्ता

सी जिनपिङले कम्युनिस्ट पार्टीको सम्मेलनमा संसारभर चीनको भूमिकाको संकेत दिएका छन् । जुन उदाउँदो चीनको कुराकानी भइरहेको छ, त्यसमा साउथ चाइना सी र हिन्द महासागरमा चिनियाँ नौसेनाको बढ्दो उपस्थितिलाई लिएर भारतको चिन्ता स्वाभाविक पनि हो ।

 

 

चीनको वान बेल्ट वान रोड परियोजनामा नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंकाजस्ता छिमेकी देशको सहभागिता छ । अहिलेसम्म हामीले देखेका छौँ कि चीनका साथमा यी देशको साझेदारी बढेको छ र आगामी दिनमा पनि यो साझेदारी जारी नै रहनेछ । यी सबै परिस्थितिबीच चीन र भारतले कसरी आआफ्ना रणनीतिक हितलाई व्यवस्थापन गर्नेछन्, दुवै देशसामु उभिएको यो नै सबैभन्दा ठूलो चुनौती हो ।

बिबिसी हिन्दीको समाचार टिप्पणी
बिबिसी हिन्दी डट कमबाट