अमेरीकी राष्ट्रपति ट्रम्पले भने ‘चिनिया राष्ट्रपति सीसंग भेट्न इच्छुक छुं’

अमेरीकी राष्ट्रपति ट्रम्पले भने ‘चिनिया राष्ट्रपति सीसंग भेट्न इच्छुक छुं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऐजेन्सी– अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया उपप्रधानमन्त्री लिउ यानडोङ्गबीच भेटवार्ता भएको छ । ‘चीन–अमेरीका सोसियल एण्ड पिपुल टु पिपुल डाइलोग’ एक्सचेन्ज कार्यक्रममा सहभागी हुन वासिङटन पुगेकी चिनिया उपप्रधानमन्त्री लिउसंगको भेटमा ट्रम्पले चीनसंगको सम्बन्ध अमेरीकाको लागी निकै महत्वपुर्ण भएको बताए ।

 

 

 

उनले चिनिया राष्ट्रपति सि जिनपिङसंग वार्ता गर्न आफु निकै आतुर रहेको समेत बताए । त्यसका लागी निकट भविष्यमा हुन गइरहेको आफ्नो चीन भ्रमण सफल हुने विश्वास पनि ट्रम्पले भेटमा लिए । चिनिया उपप्रधानमन्त्री लिउले अमेरीकी राष्ट्रपतिको भ्रमण फलदायी र सफल बनाउन बेइजिङले उच्चस्तरको तयारी गरीरहेको जानकारी समेत दिईन ।

 

 

 

 

चीन अमेरीकासंग शिक्षा,प्रविधी, स्वास्थ्य र संस्कृतीको क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको सन्देश पनि उपप्रधानमन्त्री लिउले भेटमा दिएको चिनिया पत्रिका चाइना डेलिले जनाएको छ ।  उपप्रधानमन्त्री लिउले अमेरीकी विदेशमन्त्री रेक्स टिलेरसनसंग पनि भेटवार्ता गरेकी छन् ।

 

‘चीन–अमेरीका सोसियल एण्ड पिपुल टु पिपुल डाइलोग’ मा करिव ८ सय भन्दा बढी चीन र अमेरीकाका उच्च अधिकारीहरु सहभागी थिए । छलफलमा दुवै देशको साझा हित र द्धिपक्षिय सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै दुई देशका जनताबीचको सम्बन्ध घनिभुत बनाउने विषयमा छलफल भएको थियो ।