साओमीद्धारा नेपालमा पहिलो पटक रेडमी गो प्रस्तुत -मात्र ८,९९९ मा

साओमीद्धारा नेपालमा पहिलो पटक रेडमी गो प्रस्तुत -मात्र ८,९९९ मा


काठमाडौँ – प्रविधिको दुनियाँमा उत्कृष्ट ठहरिएको साओमीले नेपालमा पहिलो पटक आफ्नो पहिलो एनड्राइड टिएम गो स्मार्टफोन – रेडमी गो प्रस्तुत गरेको छ । अति उपयोगी सफ्टवेयर तथा दक्ष हार्डवेयर भएको रेडमी गो ८,९९९मा उपलब्ध छ ।

एनड्राइड टिएम गो कार्यक्रम गुगलले २०१७ सालमा सुरू गरेको थियो र यसलाई बजारमा ल्याउने बित्तिकै नै प्रविधिको बजारमा नयाँ प्रभावकारी मोड आएको छ । रेडिमी गो एनड्राइड टिएम८.१ ओरियो टिएम (Go edition) अपरेटिङ प्रणालीमा काम गर्छ । यसमा भएका एपहरू स्टोरेज कम खाने र डेटाको प्रयोग कम गर्ने हिसाबले निर्माण गरिएको हो ।

नेपालका लागि प्रबन्धक सौरभ कोठारीले एक वक्तव्यमा भने, “साओमी नेपालमा प्रस्तुत भएदेखि नै सर्वत्र रूपमा माया र सरोकार पाइरहेको छ जसका लागि हामी सबै MI फ्यानप्रति आभारी छौँ। भर्खरै आएको सस्तो र राम्रो Redmi Go सँगको अनुभव प्रभावकारी रहने आशा हामीले राखेका छौँ । सबै प्रयोगकर्ताहरूसमक्ष नयाँ प्रविधिको अनुभव पुर्‍याउने यो हाम्रो प्रयास पनि हो ।“

साओमी कम्पनि सन् २०१० अप्रिलमा स्थापना भएको हो र हङ्‌कङ् स्टक एक्सचेन्ज, ९ जुलाइ २०१८ को प्रमुख बोर्डमा नाम पार्न सफल भएको थियो। साओमी एउटा इन्टरनेट कम्पनि हो जसको प्रमुख उत्पादन भनेको स्मार्ट फोनहरू र IoT platform मा जडित स्मार्ट हार्डवेयर हो । आफ्ना ग्राहकहरूको सारथी बन्ने लक्ष्य लिएर अधि बढेको साओमी आज एउटा सफल र “अययभिकत “coolest company” को दर्जा हासिल गर्न सफल भएको छ  ।

यो दर्जाको निरन्तरता आफ्नो मिहिनेत र नवीनताले कायम गर्नेछ। साओमी को सस्तो र भरपर्दो स्मार्ट फोनहरुको नवीन प्रविधिले विश्‍वभरि नै खुसी फैलाउने चेष्टा गरेको छ ।  साओमी अहिले विश्‍वकै चौथो सबैभन्दा ठूलो स्मार्टफोन कम्पनि बन्न सफल भएको छ र विश्‍वकै सबैभन्दा ठूलो IoT platform हो । जसमा १३ करोड २० लाख स्मार्ट उपकरणहरू जडित गर्न मिल्छ । xiaomi का उत्पादनहरू अहिले ८० भन्दा बढी देशहरूमा वितरण भई एउटा सफल कम्पनि बन्न पुगेको छ।