कानुनमन्त्री भन्छन्, ‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म सरकार छोड्दैनौं’

कानुनमन्त्री भन्छन्, ‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म सरकार छोड्दैनौं’


काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने दाबी गरेका छन्।

 

 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले देउवा नेतृत्वको सरकार चुनावी सरकार भएका कारण निर्वाचन सम्पन्न गरेर मात्र सरकार छाडने बताएका हुन्।

 

 

‘यो चुनावी सरकार हो, राष्ट्रिय सभाको निर्वाचन गर्न बाँकी नै छ। हामी निर्वाचन सम्पन्न गरेरमात्रै सरकार छाड्छौं,’ उनले भने।

 

 

 

निर्वाचन आयोगले समानुपातिकतर्फको पूर्ण मतपारिणाम सार्वजनिक नगरिसकेको भन्दै वाम गठबन्धनलाई सरकारमा जाने हतारो भएको थापाले दावी गरे।
सरकार कमचलाउ भएको भन्दै उनले सरकारले गर्ने पर्ने अतिआवश्यक काम मात्रै गरिरहेको बताए।

 

 

 

 

प्रधानमन्त्री देउवाले चाहेर पनि अहिले सरकार छोड्न नपाउने भन्दै उनले भने, ‘देउवाले मलाई धेरै दबाब आयो भनेर पद छोड्छु भन्न पाउनुहुन्न, ओली र प्रचण्डलाई पनि आउँछु भन्ने छुट छैन।’

 

 

 

 

उनले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि आफूहरुले सरकार छोड्न तयार रहेको स्पष्ट पारे। उनले ओली र प्रचण्डले अहिल्यै नै कुर्सी छोड भनेर देउवाको राजीनामा माग्नु दम्भ र उत्तेजनाको अभिव्यक्ति भएको समेत आरोप लगाए।