दसैंका लागि असाेज ५ देखि बसकाे टिकट खोल्न सरकार र यातायात व्यवसायीबीच यस्तो सहमति

दसैंका लागि असाेज ५ देखि बसकाे टिकट खोल्न सरकार र यातायात व्यवसायीबीच यस्तो सहमति


काठमाडौं– दसैंका लागि बसको टिकटको अग्रिम बुकिङ खोल्न यातायात व्यवसायी राजी भएका छन्।

यातयात व्यवस्था विभागमा आइतबार सरकार र व्यवसायीबीच भएको छलफलमा दसैंका लागि अग्रिम टिकट असोज ५ गतेदेखि खोल्ने सहमति भएको हो।

व्यवसायीले भाडा वृद्धि हुुनुुपर्ने र समितिको बैंक खाता खोल्नुपर्ने शर्त राखेकोमा विभागले बैक खाता खोल्न सम्वन्धित निकायलार्इ तत्कालै पत्र पठाएर सहजीकरण गर्ने र दसैंतिहार पछि भाडा बढाउने प्रतिवद्धता जनाएपछि व्यवसायीले टिकट खोल्न सहमत भएका हुन्।

यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले असोज ४ गतेभित्र काउन्टर राख्ने र अनुगमनको मोडालिटी तयार पार्ने बताए।