एकता हुँदैन भनेर कसैलाई लागेको छ भने त्यो बेकार होः अोली

एकता हुँदैन भनेर कसैलाई लागेको छ भने त्यो बेकार होः अोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एकता प्रक्रिया निकै अघि बढिसकेको भन्दै एकता प्रक्रिया सफल हुने दावी गरेका छन् ।  आइतबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एमाले–माओवादीको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एकता हुँदैन भन्ने कसैलाई लागेको छ भने त्यो बेकार भएको बताए ।

उनले अब कसैलाई दोष लगाउने र कसैको टाउकोमाथि जिम्मेवारी फालेर उम्किने ठाउँ नभएको र एकता भएरै छाड्ने बताए ।

उनले भने,‘ अस्ती मैले एकता संयोजन समितिको बैठकमा पनि भनेको थिएँ । हामी यो ठाउँमा पुगिसकेका छौं, अब जुत्ता मिलेन भनेर त्यत्तिकै हिँड्न मिल्दैन । मिलेन भने खुटमा टाँसजुस पारेर भने पनि जानुपर्छ । हामी त्यो ठाउँमा पुगिसक्यौं ।’

अोलीले अब एकतालाई सफल पार्नु बाहेकको कुनै विकल्प नभएको बताउँदै एकताअघि दुबै पार्टीमा केहि समस्याहरु हुने भएपनि एकतापछि सबै कुरा सामान्य बन्दै जाने बताए ।