काठमाण्डु– नेकपा एमालेको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ ।
अध्यक्ष ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन् । अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।
बैठकमा अहिलेसम्म ९८ जनाले आफ्नो धारणा राखेका छन्।
त्यसपछि बैठकमा अध्यक्ष ओलीले जवाफ दिनेछन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केही समसामयिक विषयका प्रस्तावहरु पारित गरेर आजै बैठक समापन गरिनेछ।
प्रतिक्रिया