नेपालमा अब नेकपा र कांग्रेसको मात्र अस्तित्व छः पर्यटनमन्त्री भट्टराई

नेपालमा अब नेकपा र कांग्रेसको मात्र अस्तित्व छः पर्यटनमन्त्री भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले अब नेपालमा दुई राजनीतिक विचार धाराका राजनीतिक शक्तिहरु मात्रै क्रियाशिल रहने बताएका छन् । दाङमा शुक्रबारदेखि सुरु भएको तुलसीपुर महोत्सवको उद्घाटन गर्दै दुई राजनीतिक विचार बोकेका शक्ति अघि बढने बताएका हुन् ।

नेकपाको नेतृत्वमा समाजवादी वामपन्थी विचारधारा पक्षधर र नेपाली कांग्रेसको नेतृत्वमा उदारवादी प्रजातन्त्र विचार धाराको राजनीतिक शक्ति अस्तित्वमा रहने बताए । उनले पटक–पटक देशका राजनीतिक दलहरु टुक्रिँदा देशमा स्थायित्व आउन नसकेको स्मरण गर्दै अब दुई वटा विचार भएका राजनीतिक दलले रहने बताए ।

नेकपा एमाले र माओवादी दुई दलबीच एकता भएर नै शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको बताए । राजनीतिक शक्तिकै कारण देशमा नयाँ सविधान आएको र कार्यान्वयनमा गएको बताए । उनले गणतन्त्र संस्थागत हुँदै गएको समेत दाबी गरे। ४० हजार जनप्रतिनिधिहरुले जनताको घर दैलोबाट अधिकारसहित सेवा दिएको उनको अर्को दाबी थियो ।