काठमाण्डु – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशन आउने जेठ महिनामा हुने भएको छ ।
संघको महाधिवेशन जेठ ९, १०, ११ गते पोखरामा गर्ने निर्णय भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले महाधिवेशनको मितिबारे निर्णय गरेको छ ।
महाधिवेशनको लागि संघका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा मूल व्यवस्थापन समिति बनेको छ । जसमा उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम सहसंयोजक र महासचिव सुमन पुरी सदस्य सचिव रहेका छन् ।
मूल व्यवस्थापन समिति ५५५ सदस्यीय हुने संघका उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।
महाधिवेशनको लागि आवश्यकताका आधारमा अन्य उपसमितिहरू बनाइने छन् ।
प्रतिक्रिया