काठमाडौ– राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालविद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
भुसालको नियुक्ति गैरकानुनी भएको र खारेजीको आदेशका लागि भन्दै प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवाली सर्वोच्च अदालतमा पुगेका हुन्।
सरकारले कात्तिक ६ गते तत्कालीन सीईओ गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै भुसाललाई सीईओमा नियुक्त गरेको थियो।
ज्ञवालीले दायर गरेको रिटमा भुसालको नियुक्ति कानुनसम्मत नभएको दाबी गरिएको छ।
प्राधिकरणका तत्कालीन सीईओ पोखरेल प्यूठानबाट चुनावी मैदानमा छन्।
प्रतिक्रिया